प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको सम्झनामा स्थापना गरिएको रु ५,५५५/- नगद राशि भएको इन्दिरादेवी स्मृति मुक्तक सम्मान मकवानपुरका मुक्तकार बिर्खे अन्जानलाई समर्पण गरिएको छ।
अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यतामा पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित छैठौँ मुक्तक वाचन श्रृङ्खलामा मकवानपुरका मुक्तकार बिर्खे अन्जानलाई सम्मान गरिएको हो।

