बहादुरानन्द स्मृति मुक्तक सम्मान
‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ मुक्तक मञ्च मकवानपुरको संस्थापक अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्नो स्व. पिता बहादुरानन्द बर्ताौला ज्यूको सम्झनामा मुक्तकको विधामा प्रदान गरिने सम्मान हो। यस सम्मानको राशि रु ७, ७७७ रहेको छ। उहाँ हाल मकवानपुर जिल्लाकै अग्रिनी साहित्यिक संस्था साहित्य संगम मकवानपुरका अध्यक्ष हुनुहुन्छ(२०८१)। फुटकर कविता, गीत,गजल, मुक्तक आदि विधाहरूमा कलम चलाउनुहुने, उहाँका ‘आगतका अगेनी’ र ‘पसिनाको आभा’ गरि हालसम्म दुईवटा मुक्तक संग्रह एवम् गजल ए महेफिल (संयुक्त गजल सङ्ग्रह) प्रकाशित छन्। पछिल्लो पुस्तासम्म मुक्तक विधालाई परिचित गराएर हौसला दिनका लागि र मुक्तक विधामै निरन्तर कलम चलाइरहेका अग्रज व्यक्ति व्यक्तित्वलाई सम्मानका लागि उनले आफ्नो पिताको नाममा यस सम्मानको स्थापना गर्नुभएको हो।
हाल सम्म सम्मानित व्यक्तित्वहरू
तारा स्मृति मुक्तक सम्मान
‘तारा स्मृति मुक्तक सम्मान’ मुक्तक मञ्च मकवानपुरको संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा आफ्ना स्वर्गीय पिता तारा प्रसाद पौडेलज्यूको सम्झनामा मुक्तकको विधामा प्रदान गरिने सम्मान हो। यस सम्मानको राशि स्थापनाको समयमा रु रु ५,५५५/- थियो भने २०८० देखि यस पुरस्कारको राशि बढाएर रू.७,५००/- बनाइएको छ। हाल उहाँ लघुकथा चौतारी मकवानपुरका संयोजक(२०८१) पनि हुनुहुन्छ। उहाँ नेपालमा मात्रै नभएर भारत, बङ्गलादेश जस्ता देशहरूमा पनि आफ्नो साहित्य लेखनको माध्यमबाट चिनिएको नाम हो। उहाँको कहर गजल सङ्ग्रह(२०७७), खुसी लघुकथा सङ्ग्रह(२०७९), अन्तर्दृष्टि हिन्दी लघुकथा सङ्ग्रह(२०८० बङ्ला भाषामा पनि अनुवादित) जस्ता करिब आधा दर्जन पुस्तक प्रकाशित भइसकेको छन् भने अन्तरध्वनि मुक्तक सङ्ग्रह(प्रकासोत्मुक) अवस्थामा छ। किशन पौडेल विशेषगरी मुक्तक गजल कविता तथा लघुकथामा आफ्ना कलम चलाउनुहुन्छ।
हाल सम्म सम्मानित व्यक्तित्वहरू
इन्दिरादेवी स्मृति मुक्तक सम्मान
‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ प्रगतिशील लेखक संघ मकवानपुर(२०८१) का अध्यक्ष श्रीराम अधिकारीले आफ्नो हजुरआमाको सम्झनामा स्थापना गरेको मुक्तक विधामा दिइने सम्मान हो। यस सम्मानको राशि स्थापनाकालमा रु.५,००१/- रहेको थियो भने २०८० सालदेखि यस सम्मानको पुरस्कार राशि बढाएर रू.५,५५५/- बनाइएको छ। श्रीराम अधिकारी विशेषत् गजल मुक्तक कविता अनि गीतहरूमा आफ्नो कलम चलाउनुहुन्छ। उहाँले विश्वस्तर नेपाली भाषा गीत प्रतियोगिता मा सन् २०१३ मा प्रथम स्थान हासिल गर्नुभएको थियो भने विभिन्न राष्ट्रियस्तरको गजल, गीत, कविता प्रतियोगिताहरूमा पनि पुरस्कृत हुनुभएको छ। उहाँको गीतहरू सुपरिचित गायक शिव परियार, रामकृष्ण ढकाल, टिका भण्डारी जस्ता गायकहरुले समेत गाउनुभएको छ भने टिका भण्डारी आलोक श्री जस्ता सुपरिचित संगीतकारहरूले उहाँको गीत मा आफ्नो संगीत भर्नुभएको छ।
हाल सम्म सम्मानित व्यक्तित्वहरू
हरिकृष्ण काफ्ले मुक्तक सम्मान
‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’हास्यव्यङ्ग्यकार
आर. सी. रिजाल द्वारा सुपरिचित मुक्तककार हरिकृष्ण काफ्लेज्यू को सम्मानमा स्थापित सम्मान हो। यो सम्मान मुक्तकको विधामा प्रदान गरिने सम्मान हो। यस सम्मानको राशि रु १०,००० (अक्षरेपि दश हजार) रहेको छ। विशेष गरि हास्यव्यङ्ग्य कविता, गीत, नाटक, मुक्तक एवम् लघुकथा आदि विधाहरूमा कलम चलाउनुहुने, ‘अक्षय अक्षर साहित्यिक त्रैमासिक’ को सम्पादकका रूपमा काम गरिसक्नुभएका रिजालका ‘खरानीभित्रको आगो’(उपन्यास-२०३६),‘कुकुरको पुच्छर’ (हास्यव्यङ्ग्यसङ्ग्रह-२०५५), ‘कण्ठलँगौटी’ (हास्यव्यङ्ग्यसङ्ग्रह-२०५७),‘हाकिमको खप्पर’(हास्यव्यङ्ग्यसङ्ग्रह-२०६३),‘भोलारामको आत्मा र अनन्य व्यङ्ग्य’ (हास्यव्यङ्ग्यसङ्ग्रह-अनुवाद), र ‘को बरिष्ठ’(हास्यव्यङ्ग्यसङ्ग्रह) गरि हालसम्म आधा दर्जन कृति प्रकाशित छन्।
रिजालले राष्ट्रव्यापी नारा प्रतियोगिता-२०५५ (प्रथम), राष्ट्रव्यापी लघुकथा प्रतियोगिता-२०५६(उत्कृष्ट), भैरब प्रतिभा पुरस्कार-२०५७, देशव्यापी खुला कविता प्रतियोगिता-२०६२ (द्वितीय) आदि पुरस्कारहरू पाइसक्नुभएका रिजाल सिस्नुपानी नेपाल, नारायणी वाङ्मय प्रतिष्ठान, साहित्य सङ्गम मकवानपुर, नेपाल साहित्यिक पत्रकार सङ्घमा समेत आबद्ध भैसक्नुभएकाछन् भने ललितपुर कला संस्कृति प्रतिष्ठान-२०५८, गजल मञ्च मकवानपुर-२०६४, मातृभूमि साहित्य समाज-२०६५ जस्ता प्रतिष्ठित सम्मानहरूद्वारा सम्मानित भैसक्नुसक्नुभएकोछ।

