बहादुरानन्द स्मृति मुक्तक सम्मान २०७९ बाट डहरे सम्मानित

मुक्तक मञ्च मकवानपुरको संस्थापक तथा निवर्तमान अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्नो पिताको सम्झनामा स्थापना गरिएको रु ७,७७७/- नगद राशि भएको बहादुर स्मृति मुक्तक सम्मान सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरेलाई समर्पण गरिएको छ।

अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यतामा पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित छैठौँ मुक्तक वाचन श्रृङ्खलामा मुक्तककार लोकेन्द्र डहरेलाई सम्मान गरिएको हो।


२०७९ पौष १६ गते।