"मुक्तकको उत्थान, हाम्रो अभियान"

हाम्रो बारेमा

मुक्तक मञ्च मकवानपुर मिति २०७८ पुष १७ गते मुक्तक मञ्च पोखराको शाखाको रूपमा स्थापित संस्था हो । मिति २०६६ श्रावण १५ मा स्थापना भएको मुक्तक मञ्च पोखरा स्थापना भएको धेरैपछि मात्रै सोही संस्थाको शाखाको रुपमा मकवानपुरमा गठन भई मुक्तक मञ्च मकवानपुर हालसम्म क्रियाशील रहेको छ । स्थापनादेखि आजसम्म मकवानपुरको मुक्तक विधाको उन्नयन र विकासका लागि निरन्तर क्रियाशील यस संस्थाले हालसम्म देशका धेरै स्वनामधन्य मुक्तकारहरुलाई सम्मान र पुरस्कृत गर्नुका साथै मकवानपुरमा रहेका नवसर्जकहरुलाई मुक्तकका बारेमा प्रशिक्षित गर्ने गरेको छ । मुक्तककार डी.बी बर्तौलाको अध्यक्षतामा १५ सदस्य संस्थापक कार्यसमिति गठन गरि उक्त समितिले आफ्ना कार्यकाल अवधिमा भौतिक एवम् अनलाइन माध्यमबाट नियमित मुक्तक वाचन शृङ्खला, विशेष एकल मुक्तक वाचन एवम् विभिन्न विमर्श कार्यक्रमहरू गरि जम्मा १४ वटा शृङ्खलाहरू सम्पन्न गरेकोछ। त्यसपछि मिति २०८० फागुण ७ गते भएको प्रथम अधिवेशनबाट मुक्तककार सागर तिमल्सिनाको नेतृत्वमा ११ सदस्यसीय सर्वसम्मत वर्तमान कार्यसमिति गठन गरिएको छ।