हेटौंडा : मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा पुनः सागर तिमल्सिना चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिवमा सुवास सञ्जेल, कोषाध्यक्षमा मञ्जिला अधिकारी र सहसचिवमा अजर फुयाल र नवीन दुलामी रहनुभएको छ । सदस्यहरूमा कमल नेपाल, प्रवीना प्यासी, मन्दिरा देवकोटा, बिष्णा रञ्जना र भावना प्यासी रहनुभएको छ ।
वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा मुक्तक मञ्च मकवानपुरले नगद १० हजारसहित हरि कृष्ण काफ्लेलाई सम्मान गरेको छ । साहित्यकार डा. मुरी पराजुलीलाई प्रदान गरेको छ । पराजुलीका आधा दर्जन एकल कृतिसहित केही संयुक्त कृति प्रकाशित भइसकेका छन् । विभिन्न संस्थाहरूको स्मारिका सम्पादन समेत गरिसक्नुभएको छ । कार्यक्रममा ७ हजार ५ सय नगदसहित तारा स्मृति मुक्तक सम्मान काठमाडौंका साहित्यकार सुनिल अधिकारीलाई प्रदान गरिएको छ । उनका दुईवटा कृतिहरू प्रकाशित छन् भने विभिन्न मुक्तक प्रतियोगितामा उत्कृष्ट हुँदै आउनुभएको छ ।
साहित्यकार अनिस न्यौपाने (मनको आँखा)लाई प्रदान गरिएको छ । ५ हजार ५ सय ५५ नगदसहित न्यौपानेलाई सम्मान गरिएको हो । न्यौपानेको २०७० मा प्रकाशित गजलसंग्रह ‘पढ्दै जाँदा’ र २०७३ मा मुक्तक संग्रह ‘मनको आँखा’ प्रकाशित भएका छन् । यसै ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहितको बहादुरानन्द स्मृति मुक्तक सम्मान काठमाडौं निवासी साहित्यकार मदन नेपाललाई प्रदान गरिएको छ । उनका एउटा एकल मुक्तक संग्रह ‘मञ्जुषा’ प्रकाशित छ भने अन्य ३ वटा संयुक्त मुक्तक संग्रह प्रकाशित रहेका छन् ।
कार्यक्रममा नेपाली मुक्तक संरचना, परम्परा र प्रवृत्ति विषयक विमर्श गरिएको थियो । कार्यक्रममा सहभागीहरूले परम्परागत मुक्तक संरचनाको औचित्य र प्रवृत्तिबारे छलफल गरेका थिए । यसै ३१ औं नियमित मुक्तक वाचन शृंखला भएको थियो । अग्रज मुक्तककार हरि कृष्ण काफ्लेको प्रमुख आतिथ्य तथा मुक्तक मञ्च मकवानपुरका सचिव सुवास सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा मुक्तक मञ्च केन्द्रीय अध्यक्ष अबिनाश दाहाल, मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष जिबि बटौला, वरिष्ठ साहित्यकार आरसी रिजालको पनि आतिथ्य रहेको थियो ।
ठेगान : हेटौँडा-४, पारिजात पथ
ई-मेल : muktakmanch2078@gmail.com
© सर्वाधिकार © २०८२, मुक्तक मञ्च मकवानपुर | ले-आउट सुबास सजल

