मकवानपुर।
मकवानपुरको हेटौंडामा २ जना मुक्तक सर्जक सम्मानित भएका छन् । मुक्तक मञ्च मकवानपुर शाखाको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार मुक्तककारद्वय निलाञ्जला भारद्वाज र अस्मिता दाहाल सम्मानित भएका हुन् ।
नुवाकोटकी भारद्वाजलाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ बाट सम्मानित गरिएको हो । उक्त सम्मानको राशी नगर ७ हजार ७७७ रहेको छ । मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष तथा साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तोलाले आफ्नो पिता बहादुरानन्द बर्गौलाको सम्झनामा उक्त सम्मानको स्थापना गरेका हुन् । मुक्तकालय नेपाल संस्थामार्फत मुक्तकको संस्थागत विकास, श्रीवृद्धि, उन्नयन र विस्तार साथै नेपाली साहित्यको मुक्तक विधामा निलाञ्जना मुक्तक सङ्ग्रह दिएर नेपाली मुक्तकको क्षेत्रमा योगदान पुर्याएकोले उनलाई सम्मानित गरिएको हो। यस अघि सो सम्मानबाट लोकेन्द्र डहरे (सिन्धुली) र दीपक समिप पोखरा सम्मानित भइसकेका छन् ।
यस्तै सिन्धुलीकी दाहाललाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ २०८१ बाट सम्मानित गरिएको हो । उक्त सम्मानको राशि नगद ५ हजार ५५५ रहेको छ । स्थापनाकालमा ५ हजार १ रुपैया रहेको उक्त सम्मानको राशी २०८० सालबाट बढाएर ५ हजार ५५५ बनाइएको हो । प्रगतिशील लेखक संघ अध्यक्ष श्रीराम अधिकारीले हजुरआमा इन्दिरादेवी अधिकारीको सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् । नेपाली साहित्यको मुक्तक विधामा प्रेमोपहार मुक्तक सङ्ग्रह दिएर नेपाली मुक्तकको क्षेत्रमा योगदान पुर्याएकोले उनलाई सम्मानित गरिएको हो। यस अघि सो सम्मानबाट समर्पण न्यौपाने (मकवानपुर) र विर्खे अन्जान (मकवानपुर) सम्मानित भएका छन् ।
पछिल्लो पुस्तासम्म मुक्तक विधालाई परिचित गराएर हौसला दिनका लागि र मुक्तक विधामै निरन्तर कलम चलाइरहेका अग्रज व्यक्ति व्यक्तित्वलाई सम्मानका लागि आफूहरुले उक्त सम्मानको स्थापना गरेको बर्तोला र अधिकारले जानकारी दिए ।
तेस्रो वार्षिकोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रिय वन्दना, गौडाकोट प्रज्ञा प्रतिष्ठान सचीव भिम प्रसाद शर्मा, सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिल, वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेले शुभकामना मन्तव्यसहित मुक्तक वाचन गरेका थिए । यसै गरि पुरस्कृत व्यक्तित्वद्वयले ५/५ मुक्तक वाचन गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरले शनिबार सम्मानसहित आयोजनना गरेको २१ औ मुक्तक वाचन श्रृखलामा अनुश्रीया खनाल, मिथिला अधिकारी, राजुराम राउत, शोभा थापा, समिता पौडेल, सबिता तिमल्सिना, चिरञ्जीवी लामिछाने, कमल नेपाल, समीर पाख्रिन, देव निर्दोष, सुन्दर कार्की देवराज तिवारी, पुरुषोत्तम आचार्य, अजर कुँयाल, सानू खनाल लगायतले २/२ वटा मुक्तक वाचन गरे ।
मञ्चले अन्य दुई वटा सम्मान समेत स्थापना गरेको छ । ‘तारा स्मृति मुक्तक सम्मान’ मुक्तक मञ्च मकवानपुरको संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा आफ्ना स्वर्गीय पिता तारा प्रसाद पौडेलको सम्झनामा मुक्तकको विधामा प्रदान गरिने गरि स्थापना गरेका छन् । सो सम्मानको राशी स्थापना कालमा ५ हजार ५५५ रहेकोमा २०८० सालबाट बढाएर ७ हजार ५०० बनाइएको छ । उक्त सम्मानबाट देवराज खरेल मकवानपुर २०७९ र हरिकृष्ण काफ्ले रौतहट २०८० मा सम्मानित भइसकेका छन् । यस वर्षको सम्मान प्रदान गर्न बाँकी रहेको मुक्तक मञ्चले जनाएको छ ।
यस्तैगरी मञ्चले ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’ समेत स्थापना गरेको छ । हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा मुक्तककार हरिकृष्ण काफ्लेको सम्मान स्थापित सो सम्मान मुक्तकको विधामा प्रदान गरिने गरी स्थापना गरिएको हो। उक्त सम्मानको राशी १० हजार नगद रहेको छ भने हालसम्म प्रादन गरिएको छैन् ।
मुक्तक मंच मकवानपुर अध्यक्ष सगर तिमल्सिनाको सभाध्यक्ष तथा मकवानपुरे अग्रज साहित्यका हयाग्रिव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण मुक्तक मञ्च मकवानपुर सचिव सुवास सजलले गरेको थिए ।
ठेगान : हेटौँडा-४, पारिजात पथ
ई-मेल : muktakmanch2078@gmail.com
© सर्वाधिकार © २०८२, मुक्तक मञ्च मकवानपुर | ले-आउट सुबास सजल

