इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०७९ बाट समर्पण न्यौपाने सम्मानित

प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको सम्झनामा स्थापना गरिएको रु ५,००१/- नगद राशि भएको इन्दिरादेवी स्मृति मुक्तक सम्मान जि‍.एस निकेतनका कक्षा ९ मा अध्ययनरत मकवानपुरका मुक्तककार समर्पण न्यौपानेलाई समर्पण गरिएको छ।

अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यतामा पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित छैठौँ मुक्तक वाचन श्रृङ्खलामा मकवानपुरका मुक्तककार समर्पण न्यौपानेलाई सम्मान गरिएको हो।